काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। 

बैंक सञ्चालक समितिको सोमबार (पुस ४गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो।सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल १२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र बाँकी ९ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

बोनस सेयर जारीपछि चुक्तापुँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार २८६.३२ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। यसका लागि नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सभाले अन्य बैंक तथा वित्तीय संस्थामा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको पुस १३ गतेभन्दा अगाडि कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।