काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गरेको छ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७९–८०का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै सेयरधनीलाई चुक्तापुँजीको ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस सेयरसहित कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष सहभागी भएका सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए। 

यसका साथै सभाले नयाँ सञ्चालक समितिको निर्विरोध चयन गरेको छ । जसमा संस्थापक सेयरधनी समूहबाट चिन्तामणि भट्टराई, रामचन्द्र सिग्देल र प्रविण कृष्ण श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीतर्फबाट गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा निर्विरोध निर्वाचित भएका छन्।