काठमाण्डौ । लुमिबनी विकास बैंकका नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनियुक्त अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष शपथ ग्रहण गरेका हुन्। 

बैंकको गत पुस २६ गते सम्म १५ औँ बार्षिक साधारणसभाबाट भट्टराईसहित प्रवीनकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल, गणेशराज रेग्मी, अर्जुन थापा र केशव खतिवडा सञ्चालकमा निर्विरोध चयन भएका थिए।

सञ्चालक समितिको पहिलो बैठकले सञ्चालकमध्ये भट्टराईलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो।  

नवनियुक्त अध्यक्ष भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रही कार्य अनुभव हासिल गर्नुका साथै साविक लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्युरेन्सको सञ्चालक, नाडेप लघुबित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुबित्त वित्तीय संस्थाको सञ्चालक रही सेवा पुर्याएका थिए। 

यसैगरी रोटरी इन्टरनेशनलसंग विगत दुई दशकभन्दा बढी समयदेखि आबद्ध रही सन् २०१८–१९ का लागि नेपाल–भुटान डिस्ट्रिक गभर्नर रही सामाजिक सेवामा समेत निरन्तर योगदान पुर्याउँदै आएका छन्।