काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन्। उनलाई वैशाख ३ गतेबाट लागू हुने बैंकको नायब सीईओमा नियुक्ति गरिएको हो।
नवनियुक्त नायब सीईओ आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च व्यवस्थापनमा संलग्न रही नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनीसँग २२ वर्षभन्दा बढीको कार्यानुभव रहेको छ।
आचार्य सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमबीएमा केन्द्रीय विभाग (व्यवस्थापन), कीर्तिपुरको शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तीर्ण भई उत्कृष्ट थेसिस लेखनबापत कृष्ण चन्द्र रेग्मी अवार्डबाट समेत सम्मानित भएका थिए।
आचार्यले आफ्नो बैंकिङ करिअर सन् २००० मा साबिक नेपाल क्रेडिट एन्ड कर्मस बैंक लिमिटेडबाट व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सुरु गरी सिभिल क्यापिटल मार्केट लिमिटेडको अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको भूमिका पनि निर्वाह गरेका थिए। उनले विभिन्न बैंक तथा बित्तीय संस्थामा उच्च व्यस्थापनमा रही सफल कार्य गर्नुका साथै साबिकको सिभिल बैंक लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रही सफलता हासिल गरेका थिए।
उनको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिइएको छ।
10 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago