काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८ करोड ५२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ७ करोड ६९ लाखमा सीमित थियो । 

कम्पनीको बिमा शुल्कतर्फको आर्जन पनि बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ५७ करोड ३२ लाख भएको हो । अघिल्लो वर्ष यस्तो आम्दानी ५० करोड ४३ लाख थियो । 

यो कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय २ करोड ९७ लाखबाट बढेर ५ करोड ४४ लाख पुुगेको छ भने लगानी कर्जा तथा अन्यबाट हुने आय २ करोड ३३ लाखबाट केही बढी २ करोड ७५ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीले १८ करोड बढी दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ११ करोड ७५ लाखको हाराहारीमा थियो । 

कम्पनीको जगेडाकोष खिइएकोछ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १३ करोड ११ लाख रहेको कोष खिइएर ८ करोडमा सीमित बन्न पुुगेको छ । २७ करोड ६१ लाख रुपैयाँ रहेको बिमा कोष भने बढेर ३६ करोड ८६ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.९३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५७.७३ रुपैयाँ कायम भएको छ।