काठमाण्डौ । “निरन्तर सहयात्रा” भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. बसुन्धारा, काठमाडौँ सँग बैंकका कर्मचारी, डेबिट कार्ड बाहक तथा बैंकका सम्पुर्ण ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ । 
 
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल  र हस्पिटलको तर्फबाट संचालन निर्देशक  चण्डेश्वरा एन.आर वैधले हस्ताक्षर गरे । 
 
लुम्बिनी विकास बैंक लिमिटेडले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाएको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई  निशुःल्क डेविट कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्कबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको बताएको छ ।