काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज मंगलबार बिहान सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२८.५५ रुपैयाँ कुल १० प्रतिशतले हुन आउने २७ करोड १६ लाख ३१ हजार १७२.८६ रुपैयाँ हुन आउने लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने १९ करोड १ लाख ४१ हजार ८२१ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ८ करोड १४ लाख ८९ हजार ३५१.८६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।