काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने आफ्नो नीति अनुरुप आज आइतबारदेखि ललितपुर जिल्लाको ललितपुर, महानगरपालिका  महापाल वडा नं. १६, मगंलबजारमा आफ्नो ६९ औं शाखाको रुपमा शाखा कार्यालयको सुरुवात गरेको छ । 

बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत नीहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सातवटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ्ग कारोवारको सुविधा प्राप्त हुने जानकारी सो अवसरमा गराईयो । 
 
बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैकको कुल जगेडा कोषमा रु २ अर्ब ९६ करोड रहेको छ । २०७७ असोज मसान्त सम्ममा बैंकको कुल कर्जा सापटी रु २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप रु ३३ अर्ब ४१ करोड पुगेको छ ।