काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको हिजो बिहीबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्। 

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।