काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।