काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको झन्डै १ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्री गरिने भएको छ।

सनराइज बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर यही भदौ १८ गतेबाट लिलामीमा राखिने भएको हो। यो लिलामी सेयरमा विद्यमान संस्थाकका साथै योग्य जोकोही व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सबै कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्रा ४२१.६३ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो असार १ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।