काठमाण्डौ । लुम्बिनी विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा पुस ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सोही सभाले बोनस सेयर जारीपछि कायम हुने जारी र चुक्तापुँजीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago