काठमाण्डौ। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदबारीमा तीनदिने ‘कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम’ सम्पन्न गरेको छ।

तालिममा २६ जना प्रशिक्षार्थीको सहभागिता थियो। बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए। 

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेललगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति थियो।