काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले थप दुई शाखा विस्तार गरेको छ।
बैंकले दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. ५ “ख” लाइनमा तुलसीपुर शाखा र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ४ ट्राफिक चोकमा ट्राफिक चोक शाखा विस्तार गरेर आज माघ ३ गतेदेखि सञ्चालनमा ल्याएको हो। यी बैंकको क्रमशः ७८ औँ र ७९ औँ शाखा हुन्।
दुईवटा नयाँ शाखाहरुको विस्तारसँगै बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखामार्फत २०७८ पुस मसान्तसम्म रु. ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरी रु. ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ।
“निरन्तर सहयात्रा ” भन्ने नाराका साथ बैंकले देशभरका ३१ वटा जिल्लामा ७९ शाखा र १७ वटा एटीएमबाट आफ्ना करिब ३ लाख ८० हजार ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।
18 minutes ago
25 minutes ago
33 minutes ago
41 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago