काठमाण्डौ । विभिन्न विकास बैंक र फाइनान्स मर्ज गरी बनेको लुम्बिनी विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा झूर प्रदर्शन गरेको छ । 

यो बैंकले समीक्षा अवधिमा १ करोड ६१ लाख मात्र खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ३ करोड ३४ लाख नाफा आर्जन गरेको थियो । 

बैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष १२ करोड रुपैयाँ रहेको यस्तो आम्दानी घटेर १० करोड ७८ लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा यो बैंकले १८ अर्ब ४५ करोड निक्षेप संकलन गरी १५ अर्ब ९० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यी अवधिमा १४ अर्ब ४० करोड निक्षेप संकलन गरी ११ अर्ब ६७ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले रिजर्ब कोषमा राम्रो प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ८५ लाखमा सीमित कोषलाई बढाएर ८३ करोड ३८ लाखका उचाईमा पुुर्याएको छ । 

अघिल्लो वर्षको यही अवधिमा २.३१ प्रतिशत रहेको खराब कर्जा थुप्रिएर ३.१६ प्रतिशत पुुगेको छ ।

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २२ पैसा कायम भएको छ । अघिल्लो वर्षको यही अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३७ पैसा थियो । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४१.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.८७ गुणा कायम भएको छ ।