काठमाण्डौ । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

श्रेष्ठको नियुक्ति साउन २ गतेदेखि लागू हुनेछ। उनको पदावधि ४ वर्षको हुनेछ।