काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज असार २९ गते सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको लाभांश पारित भएको छ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १० प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्। सभाबाटसञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८ को वासलात, नाफा नोक्सान हिसाब लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्ताव पनि पारित भएका छन्। 

सभाले कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट वृद्धि गरी रु. ३ अर्ब कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। 

त्यस्तै मर्जरसम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ। 

सभाले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४  सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक) निर्विरोध निर्वाचित गरेको छ।