काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३७ औं शाखा कास्कीको भण्डारढीक, लेखनाथमा  स्थापित गरेको छ । 

नवनिर्मित शाखाको समुद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले आइतबार एक समारोहका बीच संयुक्त रुपमा गरे । 

सो कार्यक्रमा बैंकका अध्यक्षले सो शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष त्रिपाठीले आफ्नो मन्तव्य राख्दै बैंकले लेखनाथ शाखालाई प्राथमिकता राखी स्थापना भएकोमा खुशी व्यक्त गरेका थिए । 

बैंकले यो ठाउँमा शाखाको शुभारम्भकै समयदेखि एटीएम सेवा समेत संचालनमा ल्याएको छ । 

शाखा उद्घाटन समारोहलाई सम्बोधन गर्दै सीइओ अजयकुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामीणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान  गर्ने र वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बैंक तथा बित्तीय संस्थाको संस्थागत सुशासनमा ध्यान पुर्याउने र गाउँ केन्द्रीत सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखिने जानकारी दिए । 

हालसम्म बैंकले सबै शाखा कार्यालयमार्फत १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग  लगायत ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एससीटी डेबीट कार्ड, सञ्चयकोष, स्वेच्छिक कोष, उपदान कोष जस्ता बैंकिङ्ग सेवा समेत दिइरहेको छ ।