काठमाण्डौ । पछिल्लो समय नेपालमा दुईपांग्रे सवारीसाधन निकै लोकप्रिय बन्दै गएको छ। प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो। 

यस्तैमा ल्याटिन एबीएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ। कम्पनीले काठमाण्डौको कपनस्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारीचालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ। 

कम्पनीले मेगा बैंक नेपालका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउनेछ। 

कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो। कम्पनीले मेघा बैंकमा खाता नभएका दुईपांग्रे सवारीसाधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधासमेत प्रदान गर्नेछ।