काठमाण्डौ । यो वर्षको अन्तिम दिन आज मंगलबार (चैत ३१) गते सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।