काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा वस्तु आयात–निर्यात दुवै बढेको छ। 

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। साउनमा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भई रु. २० अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष यही महिना यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो। 

समीक्षा अवधिमा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु. १५० अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो। 

साउनमा कुल वस्तु व्यापार घाटा ७०।६ प्रतिशतले बढेर रु. १२९ अर्ब ९७ करोड पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत रहेको थियो।
यसैगरी देशमा महँगी बढेको देखिएको छ। प्रतिवेदनअनुसार साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४५१ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा चालु खाता रु. ४७ अर्ब ९० करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता रु. २४ अर्ब ८९ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष सोही अवधिमा २० करोड ७७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० अर्ब २४ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ३८ अर्ब ७५ करोडले घाटामा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोडले बचतमा रहेको थियो। 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु. ७५ अर्ब ९६ करोड कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख कायम भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो।