काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म)मा वाणिज्य बैंकहरुतर्फ सबैभन्दा बढी खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ।
नेपाल राष्ट्र बैंकको सार्वजनिक गरेको बैंकहरुको अपरिष्कृत वित्तीय विवरणअनुसार नबिल बैंकले यो अवधिसम्म ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै हो।
खुद नाफा बढी आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा छ। यो बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
एनआईसी एसिया बैंक ४ अर्ब ५ करोड खुद नाफा आर्जन गर्दै तेस्रो स्थानमा छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गर्दै चौथो स्थानमा रहेको छ।
पाँचौँ स्थानमा राष्ट्रिय वाणिज्य बैंक छ। यो बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अन्य वाणिज्य बैंकहरुको खुद नाफाको अवस्था
फागुनसम्म वाणिज्य बैंकहरुको कुल नाफा भने ४८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ।
कस्तो छ विकास बैंकहरुको नाफाको अवस्था ?
केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म १७ वटा विकास बैंकमध्ये १२ वटामात्र खुद नाफा आर्जन गरेका छन् भने ५ वटा घाटा व्यहोरेका छन्।
यो अवधिसम्म मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। यो बैंकको खुद नाफा ८७ करोड ३६ लाख रहेको छ ।
यसैगरी गरिमा विकास बैंक ६६ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो विकास बैंकहरुमा धेरै नाफा कमाउनेमा तेस्रो स्थानमा रहेको छ।
महालक्ष्मी विकास बैंकले ४३ करोड ४३ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ३६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्दै क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
अन्य विकास बैंकहरुको खुद नाफाको अवस्था
घाटा व्यहोरेका विकास बैंकहरु
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago