काठमाण्डौ । शनिवारसम्म १५ वटा वाणिज्य बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका छन् । 

विवरण सार्वजनिक गर्नेमध्ये ८ वाणिज्य बैंकको खूद नाफामा वृद्धि भएको छ भने ७ वाणिज्य बैंकको नाफामा गिरावट आएको छ । 

गत आर्थिक वर्षको तुलनामा खूद नाफामा सबैभन्दा ठूलो छलांग एनएमबी बैंकले मारेको छ । यो बैंकले गत वर्षको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा २७.६१ प्रतिशतले नाफा बढाएको छ । अधिकांश बैंकहरुको नाफा घटेको र कतिपयको झिनो वृद्धि भएको अवस्थामा एनएमबी बैंकको यो प्रगतिलाई उल्लेख्य मान्नुुपर्छ । 

यस्तै, सानिमा बैंक, नेपाल एसबीआई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले समेत खूद नाफामा छलाङ मारेका छन् । अघिल्लो आबको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा नाफामा सानिमाले २६.८१, एसबीआईले २३.९१ र इन्भेष्टमेन्ट बैंकले २०.८१ प्रतिशतको प्रगति गरेको छ । 

खूद नाफा घटेर झूर प्रदर्शन गर्ने वाणिज्य बैंकको संख्या पनि उस्तै छ । १५ वाणिज्य बैंकमध्ये सबैभन्दा झूर प्रदर्शन मेगा बैंकले गरेको छ । यो बैंकको गत आबको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिको नाफामा ४४.७ प्रतिशतले पहिरो गएको छ । सिद्धार्थ बैंकको नाफामा समेत ३९.८२ प्रतिशतको संकुचन आएको छ । सनराइज बैंकको नाफामा १९.५१, बैंक अफ काठमाण्डूूको नाफामा १७.३१, ग्लोबल आइएमई बैंकको नाफामा १६.०९ प्रतिशतको गिरावट आएको छ । 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले गरेको नाफा र समीक्षा अवधिको नाफाको तुलनात्मक अध्ययन गरी तयार पारिएको यो टेबल हेर्नुहोस् :