काठमाण्डौ । वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.९७ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.४५ रहेको थियो। यो हिसाबले गत वर्षको तुलनामा औसत आधार दर २.४८ प्रतिशतले घटेको छ। 

यसैगरी समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेपतर्फ भारित औसत ब्याजदर ४.८६ प्रतिशत र कर्जामा ८.८९ प्रतिशत रहेकोको छ। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको निक्षेपतर्फ भारित औसत ब्याजदर ६.७ प्रतिशत र कर्जातर्फ ११.९९ प्रतिशत रहेको थियो। यो हिसाबले वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा दुवैतर्फको भारित औसत ब्याजदर निकै घटेको देखिन्छ।

बैंकले लिने औसत आधार दरले ब्याजदर कायम गर्ने हुँदा तत्काल ब्याजदर बढ्ने सम्भावना कम देखिएको छ। 

त्यसैगरी ९१ दिनको ट्रेजरी बिलको भारित औसत ब्याजदर पनि गत बर्षको तुलनामा घटेको देखिन्छ। गत वर्ष ३.९१ प्रतिशत रहेकोमा हाल माघमा १.१३ प्रतिशत रहेको छ।