काठमाण्डौ । गत साताको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीभन्दा निक्षेप संकलन बढेको पाइएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबार (चैत १३) सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३८ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो। गत मंगलबार (चैत १७) सम्म कुल निक्षेप बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २४ अर्ब रुपैयाँले बढेको छ।
उता वाणिज्य बैंकहरुले यो अवधिमा कर्जा लगानी २३ अर्ब रुपैयाँ गरेका छन्। गत चैत १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३४ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा चैत १७ गतेसम्म बढेर ३४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको राष्ट्र बैंकले जनाएको छ। प्रणालीमा पुनरकर्जाको रकम जानु र सरकारको पुँजीगत खर्च पनि बढ्दै जानुले अहिले तरलता केही सहज भएको केन्द्रीय बैंकको ठहर छ।
यही अवधिमा अन्तर बैंक औसत ब्याजदर भने बढेको छ। गत चैत १३ गते ०.४३ प्रतिशत रहेको यस्तो ब्यादर चैत १७ गतेसम्म बढेर ०.८२ प्रतिशत पुगेको छ।
12 minutes ago
23 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago