काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौको पहिलो साता कर्जा लगानी १४ अर्ब रुपैयाँले बढाएका छन्।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार भदौ ४ गतेसम्म वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्। योसँगै बैंकको कुल कर्जा लगानी ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। यसअघि साउन ३२ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो।

उता वाणिज्य बैंकहरुको निक्षेप भने भदौको पहिलो साता ६ अर्ब रुपैयाँले घटेको छ। भदौ ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४१ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ। गत साउन ३२ गतेसम्म बैंकको कुल निक्षेप ४१ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।