काठमाण्डौ । कात्तिकको दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप घटेको छ भने कर्जा लगानी बढेको छ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले गत कात्तिक ६ गतेदेखि कात्तिक १२ गतेसम्मको सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कात्तिकको दोस्रो साता निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। योसँगै कुल निक्षेप ४२ खर्ब ४७ अर्ब रुपैयाँमा झरेको छ। 

यसअघि गत कात्तिक ५ गतेसम्म कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेको थियो। कात्तिक पहिलो साता पनि बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले घटेको थियो।

कात्तिकको दोस्रो साता वाणिज्य बैंकहरुबाट थप २० अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। योसँगै कात्तिक १२ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। 

कात्तिकको पहिलो साता भने बैंकहरुको कर्जा लगानी स्थिर रहेको थियो। कात्तिक ५ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो।