काठमाण्डौ । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन लगातार घटिरहेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीएल) सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कात्तिक महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घटेको छ। 

गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १७ गतेसम्म घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ। कात्तिक १३ गतेदेखि कात्तिक १७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ९ अर्ब रुपैयाँले घटेको एनबीएको तथ्यांकले देखाएको छ। 

यसैगरी कात्तिक महिना लागेयता वाणिज्य बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका छन्। गत असोज ३१ गतेसम्म कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १७ गतेसम्म बढेर ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। 

गत कात्तिक १३ गतेदेखि कात्तिक १७ गतेसम्मको अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ।