काठमाण्डौ । चैतको दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार चैतको दोस्रो (चैत ५ गतेदेखि चैत ११ गते) सम्म वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत चैत ४ गतेसम्म कुल निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल कर्जा लगानी ४१ अर्ब ७० अर्ब रुपैयाँ पुगेको छ। गत चैत ४ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो। 

चैत लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप ३ अर्ब रुपैयाँले र कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ। गत फागुन मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ र कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो।