– रेखा चन्द

काठमाण्डौ । हाल सञ्चालनमा रहेका २६ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

सार्वजनिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा १४ वाणिज्य बैंकको खुद नाफा बढेको छ भने १२ वटा बैंकको घटेको छ। 

प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएका छन्। गत वर्षको सोही अवधिमा १७ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएका थिए। यो हिसाबले वाणिज्य बैंकहरुको नाफा ५.९४ प्रतिशतले बढेको छ। 

यो अवधिमा एनआईसी एसिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र कुमारी बैंकले अर्ब बढी नाफा आर्जन गरेका छन्। चालु आर्थिक वर्षको ३ महिनामा एनआईसीले सबैभन्दा धेरै १ अर्ब ७५ करोड रुपैयाँ बढी आर्जन गरेको छ। 

नाफा आर्जनको हिसाबले नबिल बैंक दोस्रो नम्बरमा छ। यो बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। 

त्यस्तै राष्ट्रिय वाणिज्यले १ अर्ब २४ करोड रुपैयाँ, ग्लोबल आईएमईले १ अर्ब १८ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंले १ अर्ब १४ करोड रुपैयाँ र कुमारी बैंकले भने १ अर्ब बढी नाफा आर्जन गरेका छन्। 

यीबाहेक अन्य बैंकको नाफा १ अर्ब रुपैयाँमुनि रहेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रतिशतका हिसाबले कुमारी बैंकले सबैभन्दा धेरै नाफा बढाएको छ। बैंकले ८५.०७ प्रतिशत खुद नाफा बढाएको हो। प्रतिशतका हिसाबले सबैभन्दा कम ग्लोबल आइएमईको नाफा ६.९७ प्रतिशतले मात्रै बढेको छ। 

सबैभन्दा धेरै सनराइज बैंकको नाफामा नाफामा गिरावट आएको छ। नगद र प्रतिशत दुुवैका आधारका यो बैंकको नाफा सबैभन्दा धेरै गिरावट आएको हो। यो बैंकको नाफा १६ करोड ६८ लाख रुपैयाँमा खुुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यस्तो छ वाणिज्य बैंकहरुको नाफाको आँकडा–