काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले वातावरण संरक्षणमा योगदान गर्ने उद्देश्यका साथ धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको छ । 

आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको छ । 

साथै स्थानीय समुदायलाई यो अभियानमा समावेश गर्दै दिगो पर्यावरण संरक्षणका लागि संरक्षित वन वरपरका विद्यालय, शिक्षकशिक्षिका, अभिभावक र स्थानीय समुदायका सदस्यहरुलाई लक्षित गरी विविध जनचेतनामूलक तथा क्षमता विकासका कार्यक्रमहरु संचालन गरिएका छन् ।  

सरकारले फागुन २०, २०६९ मा यो धनुषाधाम वनलाई यसको वातावरणीय र ऐतिहासिक महत्वका आधारमा संरक्षित वन घोषणा गरेको थियो । गैरुकानुनी रुपमा रुख कटान, फँडानी, दाउरा र माटो संकलन र अति चरिचरन लगायतका गतिविधिले संरक्षण कार्यलाई चुनौतिपूर्ण बनाएको थियो । 

‘यस क्षेत्रमा जनचेतना अभिवृद्घि र स्थानीय समुदायलाई जिविकोपार्जनका वैकल्पिक उपाय अत्यावश्यक रहेको परिप्रेक्षमा एनसेलले गरेको वृक्षारोपण र जनचेतनामूलक कार्यक्रमले वातावरण संरक्षणलाई प्रोत्साहन गरेको छ।’ मिथिला वाइल्डलाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले बताए । 

ट्रष्टले एनसेलको सहयोगमा जनचेतना अभिवृद्घिका कार्यक्रमहरु संचालन गरेको थियो । 

यसअन्तर्गत ट्रष्टले गत एक वर्षमा वातावरण संरक्षण सम्बन्धी  विविध जनचेतनामूलक गतिविधिहरु जस्तै पर्यावरण सम्बन्धी वक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता र विद्यालय स्तरमा ईको क्लबको स्थापना गरेको छ । 

साथै स्थानीय समुदायलाई मिथिला चित्रकला सम्बन्धी तालिम, विद्यालय र अन्य सार्वजनिक स्थानका पर्खालमा मिथिला चित्र बनाउने तथा मिथिला सांस्कृतिक कार्यक्रम गरेको थियो । 

वक्तृत्वकला, चित्रकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरु धनुषाधाम संरक्षित वनको  संरक्षण तथा विकासका लागि चेनता जगाउन आयोजना गरिएको थियो, भने मिथिला चित्रकला तालिम स्थानीय समुदायका सदस्यलाई सीप विकास गर्न सघाउन संचालन गरिएको थियो । तालिमको उद्देश्य विषेशत स्थानीय समुदायलाई जिविकोपार्जनका लागि वनमा मात्र आश्रित नभई आफ्नो सीप आयमूलक काममा लगाउन उत्प्रेरित गर्नु रहेको छ । 

एनसेलले संरक्षित वनमा तीनवटा पिकनिक स्थलहरुका लागि आवश्यक आधारभूत भौतिक पूर्वाधार निर्माणमा पनि सहयोग पुर्याएको छ ।

धनुषाधाम सांस्कृतिक र धार्मिक रुपमा प्रसिद्घ ठाउँ हो जहाँ हरेक वर्ष हजारौको संख्यामा पर्यटकहरु भ्रमणमा आउँछन् । 

स्थानीय समुदायले एनसेलको सहयोगमा निर्मित पूर्वाधारहरुको सदुपयोग गरी आयआर्जनका अवसरहरु सिर्जना गर्न सक्दछन् ।

त्यसैगरी, एकहजार वर्षको इतिहास बोकेको मिथिला चित्रकाल सम्बन्धी तालिमले तालिम पाएका व्यक्तिलाई आफूले चित्रकला बनाई त्यसबाट आयआर्जन गर्न सक्ने अवसर प्रदान गरेको छ । 

चित्रकला प्रतियोगितामा धनुषाधाम संरक्षित वननजिकै बस्ने मुसहर समुदायका महिलाहरु, धनुषाधाम नगरपालिकामा बसोबास गर्ने पिछडिएका परिवारका सदस्यहरुलाई तथा विद्यालयमा गरिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई मिथिला चित्रकलाको तालिम प्रदान गरिएको हो । 

‘एनसेलको सहयोगले स्थानियबासीलाई वैकल्पिकआयआर्जनको लागिअवसर प्रदान गरेको छ, जसले गर्दा उनीहरुले दिगो वन संरक्षणमा योगदानदिन सक्छन् ।’ मण्डलले बताए ।  

केही महिनाअघि नेपाल सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ । ‘यो उपलब्धिमा एनसेलले यस वनभित्र तारवारसहित गरेको वृक्षारोपणले ठूलो भूमिका खेलेको छ ।’–उनले भने ।

यसदेखिबाहेक जनचेतना अभिवृद्घिका गतिविधिहरुलाई निरन्तरता दिनका लागि चार विद्यालयहरुमा ईको क्लबहरु स्थापना गरिएका छन् । मण्डलका अनुसार, यी क्लबहरु रुख, वनजंगल र वन्यजन्तुको प्रकृति र पर्यावरणमा महत्वबारे बुझाउन क्रियाशील छन् । 

‘एनसेल पर्यावरण सम्बद्र्धनमा सँधै प्रतिबद्ध छ । त्यसैले जनचेतनाअभिवृद्घि र स्थानिय समुदायलाई सिपविकासमा केहि भएपनि योगदानगर्न सकेकोमा हामी हर्षित छौ ।’–एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । उनका अनुसार एक उत्तरदायी कम्पनीका रुपमा एनसेलले वातावरण अनुकुल प्रविधि पनि अँगाल्दै आएको छ । 

एनसेलले हालसम्मआफ्नो सम्पूर्ण नेटवर्कमा ६.१० प्रतिशत पूर्णरुपमा सौर्य उर्जाबाट चल्ने र ७.७६ प्रतिशत सौर्य उर्जा ब्याकअपभएको हाईब्रिड पावर सोलुसन्स्बाट चल्ने टावरहरु संचालन गर्दै आएको छ ।