काठमाण्डौ । वात्सल्यकी प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाइमा वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिङको विधि र आवश्यकतासम्बन्धी जानकारी गराइएको छ। 

होटेल अलफमा शुक्रबार आयोजित सेमिनारमा उक्त विधिका बारेमा जानकारी गराइएको हो। डा. भोला रिजाल, प्रमुख अथितिका रुपमा रहेको कार्यक्रममा फेसोन (फर्टिलिटी सोसाइटी अफ नेपाल) मा आबद्ध स्त्रीरोग विशेषज्ञहरुको बाक्लो उपस्थिति थियो। जर्मनीका इम्ब्रोयोलोजी विशेषज्ञ डा. जोसेफ लेह्नर र डा. आकृति भारतीले यस नयाँ प्रविधिसम्बन्धी तथ्यहरु पेस गरेका थिए।

यस नयाँ प्रविधि (ओभेरियन टिस्यु फ्रिजिङ) अन्तर्गत महिलाको डिम्बाशय वा यसका केही भाग डिम्बसहित झिकिन्छ। डिम्बसहितको टिस्युको पहिचान गरी यसको फ्रिजिङ गरिन्छ। क्यान्सर रोगका कारण केमोथेरापी गराउनुपर्ने भएमा वा प्रजनन् अङमा हानी पुग्ने अन्य उपचार गराउनु परेमा यो विधि उपयोगी सावित हुन्छ। यसले डोनर एग नै लिनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्ने डाक्टरहरु बताउँछन्।

नेपालमा हालसम्म डिम्ब, शुक्रकीट र भ्रुणको मात्रै फ्रिजिङ हुँदै आएकोमा यसै कार्यक्रममार्फत वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले नेपालमै पहिलोपटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिङको सुरुआत गरेको जानकारी गराए। 

हालसम्म निःसन्तान उपचार र सफलता प्राप्तिमा अग्र स्थानमा रहेको वात्सल्य आईभीएफले निरन्तर रुपमा नयाँ–नयाँ प्रविधिको पहिचान गरी अन्तर्राष्ट्रियस्तरको सेवा नेपालमै प्रदान गर्ने र आफ्नो ‘सम्भव छ !’ को नारालाई साकार बानाउन कुनै कसर नराख्ने पनि जानकारी गराएको छ। 

सेवासुविधासम्बन्धी थप जानकारीका लागि www.vatsalya.com.np मा लगइन गर्न सकिन्छ।