काठमाण्डौ । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा आफ्नो ७ औँ वर्षमा प्रवेश गरेको गरेको छ। वात्सल्यले हालसम्म ३ हजारभन्दा अधिक दम्पतीलाई आईभीएफ विधिमार्फत सन्तान प्राप्तिको खुसी प्रदान गरिसकेको छ।
हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएप. सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजारभन्दा अधिक दम्पतीले सन्तान लाभ (३ हजार बढी आईभीएफ, १ हजार ८०० बढी आईयूआई, २ हजार २०० बढी नेचुरल प्रेग्नेन्सी) गरिसकेका छन्।
निःसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिकजस्ता विभिन्न तनावले भरिएको हुन्छ। ‘त्यसैले उपचारको अवधिमा आधुनिक पद्धतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अभुव छ’, क्लिनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘क्लिनिकभित्रको सकारात्मक ऊर्जाले नै सफलता पाउँछु भन्ने विश्वास जाग्छ भन्ने अनुभव कैयौँ सेवाग्राहीहरु व्यक्त गर्नुहुन्छ त्यसैले यहाँ नेपालबाहेक पाकिस्तान, अमेरिका, जापान, अस्ट्रेलियाजस्ता अन्य मुलुकबाट पनि सेवाग्राही आउने गरेका छन् र सफलता प्राप्त गरेका छन्।’
आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्सालबाट भक्तपुर र नेपालगन्जमा पनि विस्तार गरेको छ। आगामी केही दिनमै आफ्नो शाखाहरु अन्य प्रमुख सहरमा पनि विस्तार गर्ने योजना रहेको क्लिनिकका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताए।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago