काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरसले अकल्पनीय संकट देखा परिरहेको भन्दै वायुसेवा सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणहरुको कम्तीमा एक वर्षको ब्याज मिनाहा गर्नुपर्ने सरकारसँग माग गरेका छन्।
वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालको बिहीबार बसेको बैठकले यस्तो माग गरेको हो। संघले वायुसेवा सञ्चालक कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण दीर्घकालीन ऋणहरुको कम्तीमा एक वर्षको किस्ता रकमलाई स्थगित गरी पुनर्तालिकीकरण गर्ने व्यवस्था गर्नुपर्ने र विदेशी मुद्रामा लिइएको ऋण नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको छ।
संकटको अवस्थामा आवश्यक सञ्चालन खर्च धान्नका लागि वायुसेवा कम्पनीहरुलाई बैंकहरुले आपसी सहमतिमा सहुलित ऋण जारी गर्नुपर्ने सुझाव पनि संघको छ। संघले ऋण पुनर्तालिकीकरण सम्बन्धमा वायुसेवाकम्पनी सञ्चालनको उद्देश्यअन्तर्गत प्रदान गरिएको सबै किसिमको ऋणहरुमा लागू हुनुपर्ने जनाएको छ।
कोरोनाभाइरसका कारण क्षति पुगेका वायुसेवा उद्योग पुनर्जीवित हुन धेरै समय लाग्ने भएकोले सरकारबाट ट्याक्स, बिमा, ब्याज, टीडीएस, भ्याट, ल्यान्डिङ, पार्किङ, रात्रि विमान दस्तर तथा नेभिगेसन शुल्क तथा अन्य दस्तुरहरुमा सहुलियत प्रदान गर्नुपर्ने जोडदार माग संघले गरेको छ।
संघले सबै हेलिकप्टर कम्पनीहरुले पूर्वनिर्धारित गरेका उडानहरुबाहेक हेलिकप्टरहरु आउँदो अप्रिल १ बाट उडान नभएका कारण ग्राउन्डेड गर्ने निर्णय पनि गरेको छ। सबै हेलिकप्टर कम्पनीहरुले आआफ्ना ओभरहेड कस्ट घटाउन मार्च ३१ सम्म रिस्टक्कचरिङ गरी कस्ट कटौती गर्नुपर्ने जनाएको छ।
एसटीओल अपरेसन्सहरुले संकटको मौजुदा अवस्थामा मागको आवश्यकताअनुसार उपलब्ध १२ वटामध्ये ६ वटा ग्राउन्डेड गरी बाँकीबाट उडान सञ्चालन गर्ने पनि संघले जनाएको छ।
9 minutes ago
37 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago