काठमाण्डौ । बिओके क्यापिटल मार्केट लिमिटेडले सम्पूर्ण हितग्राही खातावालाहरुलाई वार्षिक सञ्चालन शुल्क बुझाउन सूचित गरेको छ। 

क्यापिटले एक सूचना प्रकाशित गर्दै बिओके क्यापिटल र बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोल्ने सम्पूर्ण खातावालाहरुलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो। 

चालु आर्थिक वर्ष २०७८/७९ र अघिल्ला आर्थिक वर्षहरुमा खाता खोलेका सम्पूर्ण हितग्राहीहरुले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्कबापत बुझाउनुपर्ने १०० रुपैयाँ बुझाउन बाँकी रहेको रहेकामा यही असार मसान्तभित्र बुझाउन क्यापिटलले आग्रह गरेको छ। 

थप जानकारीका लागि तलको सूचनामा हेर्नुहोस्–