काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा आजबाट एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। 

मालपोल कार्यालयको राजश्व संकलन तथा त्यसवरपरका बासिन्दाको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको हो। एक्सटेन्सन काउन्टरको वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले उद्घाटन गरेका थिए। 

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। सोही क्रममा बैंकले स्याङ्जा जिल्लाको वालिङमा सुरु गरेको उक्त काउन्टरमार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आमनागरिकलाई आवश्यक पर्ने बैंकिङ सेवा प्रदान गर्नेछ।

माछापुच्छ्रे बैंकले हाल सातै प्रदेशमा आफ्ना १६१ वटा शाखा, १६५ शाखारहित बैंकिङ सेवा र ५ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३३१ स्थानबाट ९ लाखभन्दा बढी ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बैंकको देशभर २०२ वटा एटीएम सञ्चालनमा छन्।