काठमाण्डौ। स्विस इन्जिनियरिङ कम्पनी ‘एबीबी’ ले विश्वको सबैभन्दा चाँडो चार्ज हुने इलेक्ट्रिक कार चार्जर लन्च गरेको छ। कम्पनीले सबैभन्दा चाँडो चार्ज हुने टेरा ३६० नामक इलेक्ट्रिक कार चार्जर लन्च गरेको हो। 

टेरा ३६० एउटा मोड्युलर चार्जर हो, जसले एकपटकमा अधिकतम चारवटा गाडीका लागि चार्जिङ आउटलेट प्रदान गर्ने बताइएको छ। नयाँ टेरा ३६० मोड्युलर चार्जरले एकपटकमा चारवटा गाडीहरु र कुनै पनि इलेक्ट्रिक कार १५ मिनेटमा पूर्ण रुपमा चार्ज गर्न सक्छ। 

नयाँ चार्जरको अधिकतम आउटपुट ३६० केडब्ल्यू(किलोवाट) रहेको एबीबीले जनाएको छ। नयाँ टेरा ३६० चार्जर इनोभेटिभ लाइटिङ सिस्टम चार्जिङ प्रक्रियाका माध्यमबाट उपयोगकर्तालाई मार्गदर्शन गर्ने गर्दछ। यसका साथै यसले ईभी ब्याट्रीको स्टेट अफ चार्ज(एसओसी)र ईभीलाई पूर्ण रुममा चार्ज हुन लाग्ने समय देखाउने गर्दछ। यसको विशेषता भनेको यसमा आवश्यक पर्ने मानिसहरुका लागि ह्विलचेयरको सुविधासमेत रहेको छ। यसलाई विश्वको सबैभन्दा तेज ईभी चार्जर, अफिस, कम्प्लेक्स वा मलजस्ता लगभग कुनै पनि व्यावसायिक परिसरमा जडान गर्न सकिन्छ। टेरा ३६० चार्जरले कम स्थान ओगट्ने गर्छ र सानो डिपो वा पार्किङमा पनि जडान गर्न सकिन्छ। 

यो चार्जर युरोपमा वर्षको अन्तिमसम्म उपलब्ध हुने जनाइएको छ। त्यस्तै संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिका र एशिया प्रशान्त क्षेत्रमा भने सन् २०२२ सम्म बजारमा उपलब्ध हुनेछ। – एजेन्सी