काठमाण्डौ । देवः विकास बैक लिमिटेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत बुधबार खजुरा शाखा कार्यालयको आयोजनामा बाँकेको खजुरा गाउँपालिकाको धियास्थित श्री पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुरस्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २०० जना विद्यार्थीलाई सुरक्षितसाथ शैक्षिक सामाग्री राख्नका लागि स्कुल ब्याग वितरण गरेको छ । 

स्थानीय वडाका जनप्रतिनिधिहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, अविभावक, विद्यालयका कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारु तथा बैंकका खजुरा शाखाका शाखा प्रबन्धक मुकेशराज जोशीले विद्यार्थीहरुलाई व्याग वितरण गरेका हुन् । बैंकको यो सहयोगबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ । 

आगामी दिनहरुमा यस किसिमका कार्यहरुमा बैंकले निरन्तर सहयोग गरिरहने जनाएको छ ।