काठमाण्डौ । देवः विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीका लागि लाभांश वितरणको प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले हालको चुक्तापुँजी ३ अर्ब १७ करोड ७१ लाख ९२७.४६ रुपैयाँको ८.५५ प्रतिशतले हुन आउने २७ लाख १६ हजार ४२१.२९ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।