काठमाण्डौ । सरकारको चालु खर्च बढेको छ भने पुँजीगत खर्च घटेको छ।

अर्थ मन्त्रालयद्वाराज आज जारी फागुन महिनाको अर्थ बुटेलिनअनुसार समीक्षा अवधिसम्म सरकारको चालु खर्च ४ खर्ब ५५ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १.१ प्रतिशतले बढी हो। 

सरकारको फागुनसम्म पुँजीगत खर्च भने ७९ अर्ब ७० करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १७.७ प्रतिशत कम हो। सरकारको वित्तीय व्यवस्था खर्च पनि समीक्षा अवधिमा गत वर्षको तुलनामा ४४.१ प्रतिशतले घटेको छ। यो अवधिमा सरकारको वित्तीय व्यवस्था खर्च ३५ अर्ब ५१ करोड रुपैयाँमा सीमित बनेको छ। 

सरकारको कुल खर्च ५ खर्ब ७१ अर्ब २ करोड रुपैयाँ रहेको छ। 

चालु आर्थिक वर्षको सुरुदेखि नै कोभिड–१९ संक्रमणको जोखिमका कारण विकास निर्माणकार्यले गति लिन नसक्दा पुँजीगत खर्चमा अपेक्षित वृद्धि हुन नसकेको सरकारले जनाएको छ। यद्यपि दोस्रो चौमासिकको अन्तिम महिनामा खर्च क्रमशः बढ्दै गएको सरकारको ठहर छ।