काठमाण्डौ । विकास बैंकका सीइओहरुले निक्षेपमा दिने ब्याजदरको विषयमा सामूहिक समझदारी कायम गरेका छन् । 

विकास बैंकका सीइओहरुबीचको छलफलले यस्तो समझदारी कायम गरेको हो । 

उनीहरुले मुद्दति निक्षेपमा अधिकतम ९.५ प्रतिशत ब्याजदर दिने गरी नयाँ दर सार्वजनिक गर्ने सहमति गरेका हुन् । 

यस्तै, बचतमा न्यूनतम ४.५ प्रतिशत ब्याजदर दिने उनीहरुबीच सहमति कायम भएको छ । 

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले एकअर्काको निक्षेप खोस्ने उद्देश्यले ब्याजदर युद्ध सुरु गरेपछि त्यसलाई रोक्दै तीन बुँदे निर्देशन जारी गरेपछि बैंकहरु आफू आफूले सहमति गर्न थालेका हुन् । 

यसअघि विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर समान अर्थात १०.६१ प्रतिशत बनाएका थिए । असोजमा भने राष्ट्रिय स्तरका सबै विकास बैंकको मुद्दतिको अधिकतम ब्याजदर ९.५ प्रतिशत नै थियो ।