काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकहरुको आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढेको छ।
नेपाल हाल ८ वटा राष्ट्रिस्तरका विकास बैंक छन्। यी विकास बैंकहरुको कुल औसत लाभांश दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५४.४० ले बढेको हो। विकास बैंकको गत आर्थिक वर्षमा कुल औसत लाभांश दर १५.७८ प्रतिशत रहेको छ। जब कि अघिल्लो आर्थिक वर्षमा कुल औसत लाभांश दर १०.२२ प्रतिशतमात्रै रहेको थियो।
गत आर्थिक वर्षका लागि महालक्ष्मी विकास बैंकले सर्वाधिक २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको छ। अघिल्लो वर्ष यो बैंकले ८.८ प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद गरी कुल ९.२६ प्रतिशत लाभांश बाँडेको थियो।
अघिल्लो वर्ष भने मुक्तिनाथ विकास बैंकले सर्वाधिक १५.५१ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद लाभांश थिए।
गत वर्ष पनि मुक्तिनाथले कुल १७.५७५ प्रतिशत बोनस र ०.९२५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश दिएको छ। जुन गत वर्षको विकास बैंकहरुको लाभांशमध्ये तेस्रो धेरै हो।
दोस्रो धेरै लाभांश दिनेमा कामना सेवा रहेको छ। यो बैंकले गत वर्षका लागि १८.५ प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश दिएको छ।
अघिल्लो वर्ष भने कामना सेवाले ४.४ बोनस र ०.२३ प्रतिशत नगद गरी कुल ४.६३ प्रतिशत लाभांश दिएको थियो। जुन उक्त वर्षको विकास बैंकहरुको सबैभन्दा कम लाभांश थियो।
8 minutes ago
26 minutes ago
37 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago