काठमाण्डौ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा फेरि पनि मुक्तिनाथ विकास बैंकले नै अधिकांश वित्तीय सूचकमा अरुलाई टपेर नम्बर वानको पोजिसन कब्जा गरेको छ । 

मुक्तिनाथ विकास बैंकका वित्तीय सूचकतर्फका प्रगति कतिपय वाणिज्य बैंकको भन्दा पनि राम्रो छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ४ वटा वाणिज्य बैंकलाई समेत टपेर मुक्तिनाथ विकास बैंकले १ अर्ब २ करोड खूद नाफा आर्जन गरेको छ । यो अवधिमा मुक्तिनाथको नाफा सेञ्चुरी बैंक, सिभिल, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकको भन्दा राम्रो देखिएको हो । 

वाणिज्य बैंकहरुलाई नै नाफा लगायतका सूचकमा टक्कर दिंदै आएको मुक्तिनाथ विकास बैंकले अस्तित्वमा रहेका ८ वटा विकास बैंकमा अधिकांश सूचकमा नम्बर वान पोजिसन बनाउने सफलता पाएको हो । 

मुक्तिनाथ विकास बैंकले ९ महिनाको अवधिमा १ अर्ब माथि नाफा कमाउने बैंकको इतिहास गत साल नै बनाएको थियो । त्यसलाई यो वर्ष पनि निरन्तरता दिएको छ । 

यस्तै संचालन मुनाफा, खूद ब्याज आम्दानी, डिपोजिट, कर्जा, प्रतिसेयर आम्दानी, खराब कर्जा अनुपात जस्ता महत्वपूर्ण सूचकमा समेत मुक्तिनाथ विकास बैंक अगाडि देखिएको छ । 

नाफा तथा अन्य सूचकलाई हेर्दा मुक्तिनाथ विकास बैंकलाई गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले पछ्याइरहेका देखिन्छ । 

समीक्षा अवधिमा गरिमा विकास बैंकले ७८ करोड ४६ लाख बढी नाफा आर्जन गरेकोमा महालक्ष्मी विकास बैंकले ७१ करोड ४२ लाख नाफा आर्जन गरेको छ । 

मुक्तिनाथको संचालन मुनाफा १ अर्ब ४६ करोड रहेकोमा गरिमाको १ अर्ब १२ करोड र महालक्ष्मीको १ अर्ब रहेको छ । मुक्तिनाथले २ अर्ब ४० करोड खूद ब्याज आम्दानी गर्दा गरिमाले १ अर्ब ८५ करोड र महालक्ष्मीले १ अर्ब ३४ करोड आर्जन गरेको छ । 

समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले ९९ अर्ब बढीको निक्षेप संकलन गरी ८७ अर्ब बढी कर्जा परिचालन गरेको छ । गरिमाले ६६ अर्ब ८६ करोड बढी निक्षेप संकलन गरी ५९ अर्ब ८२ करोड बढी कर्जा परिचालन गरेको छ । महालक्ष्मीले भने ४१ अर्ब ७७ करोड बढी निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड बढी कर्जा परिचालन गरेको छ । निक्षेप संकलमा महालक्ष्मी विकास बैंकलार्य ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले उछिनेका छन् । 
रिजर्ब लुम्बिनी विकास बैंकको बलियो देखिएको छ । त्यसपछि क्रमशः महालक्ष्मी विकास बैंक, मुक्तिनाथ र गरिमाको देखिन्छ । 

समीक्षा अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानीमा मुक्तिनाथ पहिलो बन्दा महालक्ष्मी रु. २३.७४ सहित दोश्रो, गरिमा रु. २२.८४ सहित तेश्रो तथा कामना सेवा रु.२१.४१ सहित तेश्रो स्थानमा छन् । 

सबैभन्दा धेरै खराब कर्जा महालक्ष्मी विकास बैंकमा रहेको छ । यो बैंकमा २.८९ प्रतिशत खराब कर्जाको अनुपात छ । कामना सेवामा पनि २.२० प्रतिशत खराब कर्जाको अनुपात छ । खराब कर्जाको अनुपात सबैभन्दा कम मुक्तिनाथ विकास बैंकमा ०.१७ प्रतिशत रहेको छ । त्यसपछि गरिमा र सांग्रिला डेभलपमेन्ट बैंकमा निकै कम क्रमशः १.०२ र १.२० प्रतिशत रहेको छ । 

यी ८ विकास बैंकको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका आधारमा तयार पारिएको टेबल हेर्नुहोस्:

 

Banks Net Profit Rs. '000' Operating Profit Rs.'000' Net Interest Income Rs. '000' Deposit Rs. '000' Loans&advances Rs.'000' Reserve Rs. '000' EPS Rs. NPL% P/E
MNBBL 1,020,627 1,460,320 2,402,340 99,014,354 87,859,678 1,561,838 24.06 0.17 19.54
MLBL 714,285 1,009,817 1,349,850 41,779,590 38,086,852 1,759,611 23.74 2.89 17.27
GBBL 784,690 1,120,265 1,859,132 66,863,111 59,821,495 1,286,028 22.84 1.02 17.95
JBBL 515,732 736,760 1,375,834 49,771,302 48,528,812 1,120,408 16.11 1.37 23.65
KSBBL 504,533 720,762 1,383,726 45,589,594 43,525,807 1,059,188 21.41 2.20 20.91
Shine 484,755 693,099 1,200,335 41,025,886 34,569,742 1,173,436 17.09 1.24 22.35
SADBL 400,685 571,921 1,252,696 45,845,145 40,839,518 775,643 17.75 1.20 21.36
LBBL 510,652 740,464 1,131,923 40,813,365 37,557,678 2,069,267 20.73 1.69 21.22