काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी विजय लघुवित्त र नयाँ साथरी लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
मर्जरपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। यी दुवै लघुवित्तको मर्जरलाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र नेपाल धितोपत्र बोर्ड असार २१ गते अन्तिम स्वीकृति प्रदान गरेका थिए।
यसअघि दुवै लघुवित्तबीच गत वैशाख ३० गत मजरमा जाने अन्तिम सम्झौता भएको थियो। दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
यी दुवै लघुवित्तबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो।
यी दुवै लघुवित्त बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा मर्जर हुँदैछन्।
यसैबीच मर्जर प्रयोजनका लागि एकीकृत कारोबार सुरु हुने मितिदेखि १५ कार्यदिनसम्म यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरिदिन संयुक्त मर्जर समितिले नेपाल स्टक एक्सचेन्जलाई आग्रह गरेको छ।
12 minutes ago
39 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago