photo courtesy : Bidhur Bhattarai
काठमाण्डौ । महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडाको अन्तिम नतिजा सबैका लागि स्मरणीय बनेको छ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनअन्र्तत एकैचरणमा देशभर मतदान सम्पन्न भएको थियो। बर्दिबास वडा नं. ८ अन्तिम परिणाम घोषणा गर्दै निर्वाचन अधिकृतले वडाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका शमशेरसिंह लामा विजयी घोषणा गरे।
लामाले एमालेका रुद्र मगरलाई ७ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका थिए। लामाले ७५१ मत पाउँदा मगरले ७४४ मत पाएका थिए।
अन्तिम नतिजा सार्वजनिक भएपछि लामाका समर्थकले लामासहितको विजयी जुलुस पनि निकाले। यो ५ दिनअघिको कुरा हो।
आज एकाएक निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै जानकारी गरायो। कार्यालयले मतगणना कार्य गर्यो।
यो छुटेको मतपेटिकमा ६४ मत गन्दा लामाले १६ मत ल्याउँदा मगरले २३ मत ल्याए। यो हिसाबले दुवैको मत बराबरी अर्थात लामाको ७६७ मत र मगरको पनि ७६७ मत भयो।
दुवै उम्मेदवारले बराबरी मत ल्याएपछि गोलाप्रथाबाट विजयी घोषणा गरियो। जसमा लामा नै भाग्यमानी ठहरिए। लामा नै गोलाप्रथा विजयी भए।
11 minutes ago
23 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
15 hours ago
15 hours ago