काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा १४९.८३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । 

चौथो त्रैमास वितरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ३ करोड ७३ लाख रुपैयाँको फड्को मारेको छ । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १६ करोड ४० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ९ करोड ९८ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ९ करोड ६४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ करोड २७ लाख रुपैयाँमात्र रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि १ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष १ करोड ७१ करोड रुपैयाँ रहेको थियो । 

यस अवधिमा संस्थाले २ अर्ब २१ करोड रुपैयाँ सापटी लिई २ अर्ब ९३ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा १ अर्ब ५ करोड रुपैयाँ सापटी लिई १ अर्ब ४७ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी त्यति नै थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा २६९.२० प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २ करोड ३१ लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा ८ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी २५.३५ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात २५.२९, प्रतिसेयर नेटवर्थ रु १३०.८३ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु १३६१.२९ रहेको छ ।