काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा १९१.७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको सञ्चालन मुनाफा भने प्रथम त्रैमासमा २ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा १ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी ६ करोड १ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष ३ करोड २७ लाख रुपैयाँ रहेको थियो । यसले संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा संस्थाले ६५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ३६ करोड २९ रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार १२३.४२ प्रतिशतले बढाएको छ । गत वर्ष ४ करोड ८५ लाख रुपैयाँ रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर १० करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी १७ करोड ७१ लाख रुपैयाँ थियो ।

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी ४६.२० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.६९ रुपैयाँ पुगेको छ ।