काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २२ करोड ४० लाख ३१ हजार ५०० रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४ करोड ४८ लाख ६ हजार ३०० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ४ करोड २५ लाख ६५ हजार ९८५ रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने २२ लाख ४० हजार ३१५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।