काठमाण्डौ । विज्ञापन एजेन्सीहरुको छाता संस्था नेपाल विज्ञापन संघ(आन)का केही महत्वपूर्ण पदमा उम्मेद्वारी दिनेहरु निर्विरोध भएका छन् । 

आनको विधान अनुसार अबको अध्यक्ष वरिष्ठ उपाध्यक्ष सोम धिताल बन्नेछन् । बाँकी पदहरुमा भने निर्वाचन प्रक्रियाबाट चयन गर्ने विधानको व्यवस्थाअनुसार केही पदमा उम्मेद्वारी दिनेहरु निर्विरोध बनेका हुन् । 

पुस २५ गते हुने आनको एक्काईसौ वार्षिक साधारणसभाबाट १० औं कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ । 

निर्वाचन आयोगले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्दै केही पदमा निर्विरोध भएको प्रष्ट पारेको हो । 

जसअनुसार प्रथम उपाध्यक्ष सुदीप थापा निर्विरोध भएका छन् । 

यस्तै, कोषाध्यक्षमा पंकज प्रधान निर्विरोध र सह कोषाध्यक्षमा जीवन पोखरेल पनि निर्विरोध भएका छन् । 

स्वतः भावी अध्यक्ष बन्नका लागि वरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने देखिएको छ भने द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कार्यसमिति सदस्यहरुमा पनि चुनाव हुने देखिएको छ । 

वरिष्ठ उपाध्यक्षमा पदमा नारायणकुमार श्रेष्ठ र यमूना पौडेल(प्रमिता)को उम्मेद्वारी परेको छ । श्रेष्ठ एन मल्टिनेशन मिडिया प्रालिबाट र पौडेल इनिग्मा एडभरटाइजिङ एण्ड मार्केटिङ प्रालिबाट प्रतिनिधित्व गर्ने उम्मेद्वार हुन् । 

यस्तै, प्रथम उपाध्यक्षमा निर्विरोध भएका थापा एएनएस क्रिएसनका हुन् भने द्वितीय उपाध्यक्षमा एसपी मिडिया प्रालिका पिताम्बर पोखरेल(विजय) र एस मिडिया एण्ड मार्केटिङ प्रालिका रमेश पुरीबीच प्रतिस्पर्धा हुनेछ । 

महासचिवमा फ्यूचर हब मिडिया मल्टिपर्पोज प्रालिका कृष्णप्रसाद घिमिरे र  रिलेटिभ एड्भरटाइजिङ एण्ड मार्केटिंग प्रालिका राजु कुँइकेलबीच प्रतिस्पर्धा हुनेछ । 

कोषाध्यक्षमा निर्विरोध भएका प्रधान प्रिज्मार्क मार्केटिङका हुन् भने सचिवमा पब्लिक एड्भरटाइजिङ एजेन्सी प्रालिका सन्तोष खड्का र फ्लोरिड एडभरटाइजिङ प्रालिका शालिकराम घिमिरे भिड्दैछन् । 

सहकोषाध्यक्षमा निर्विरोध भएका जीवन पोखरेल जीरो मिडिया प्रालिका हुन् ।

कुल १३३ मतदाता रहेका आनको कार्यसमितिको ६ सदस्य पदमा १६ जनाको उम्मेद्वारी परेको छ ।

सदस्यमा उम्मेद्वारी दिनेहरुको सूची निम्नअनुसार छ: