काठमाण्डौ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमीटेड धराप अवस्थामा पुुगेको छ । अधिकांश प्रमुख सूचकहरुमा पहिरो व्यहोरेर जर्जर बनेको यो कम्पनीले बित्तीय विवरण सार्वजनिक गर्दा लगानीकर्ता झुक्याउन खोजेको छ । 

यो कम्पनी चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड बढी घाटामा गएको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीले १ करोड ४७ लाख खूद नाफा कमाएको थियो । 

कम्पनी यो अवधिमा २ करोड बढी संचालन घाटामा छ  । खूद ब्याज आम्दानी लगायतका सूचकहरुमा समेत तीव्र क्षयीकरण देखिन्छ । 

खूद मुनाफा नै घटेको अवस्थामा प्रतिसेयर आम्दानी धनात्मक हुने कुरै रहेन । तर, यो फाइनान्स कम्पनीले प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६६ पैसा रहेको विवरण प्रकाशन गरेको छ । हिसाब गर्दा उसको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६६ पैसाले ऋणात्मक रहेको चाहि देखिन्छ । कम्पनीहरुले लगानीकर्तालाई झुक्याउने हिसाबले प्रकाशन गर्ने यस्ता वित्तीय विवरणप्रति समेत चनाखो हुनुपर्छ।

यो कम्पनीले मूल्य आम्दानी अनुपातमा पनि झूठको खेती गरेको छ । मूल्य आम्दानी अनुपात २०.४४ गुणा रहेको देखाएको छ, जुन गलत हो । यो कम्पनीको मूल्य आम्दानी अनुपात ४५५.६६ गुणा रहेको छ । 

अन्य सूचक कस्ता ?
पहिलो त्रैमासमा सिर्जना फाइनान्सको खूद ब्याज आम्दानी घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ करोड १० लाख रहेको यस्तो आम्दानी २ करोड ५५ लाखमा सीमित बन्न पुुगेको छ । 

यो कम्पनीको कर्मचारी खर्च र अन्य संचालन खर्च समेत थामिनसक्नुु गरी बढेको देखिएको छ । 
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७९ करोड निक्षेप संकलन गरी २ अर्ब ८९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ४३ करोड निक्षेप संकलन गरी २ अर्ब १४ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष यही अवधिमा १६ करोड ३८ लाख रहेको रिजर्ब घटेर यो वर्ष १६ करोड १६ लाखमा सीमित बन्न पुुगेको छ । १.१८ प्रतिशतमा रहेको निस्क्रिय कर्जा १.७१ प्रतिशत पुुगेको छ । ५.५४ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ८.८२ प्रतिशत पुुगेको छ ।